फाेहाेरबाटै माेहाेर बनेपछि द‌ंग ‍… (अडियोसहित)

प्रभा रावत ।
सुर्खेत, ५ असोज (जागरण) । सहर समृद्धीको सुचक हो । पछिल्लो समय आधुनिक शहर निमार्णका लागी विभिन्न कसरतहरु भैरहेका छन् । बेलाबेलामा स्मार्ट सिटीका पनि चर्चा हुने गर्दछन् । तर जतिसुकै ठुलो भनिएका शहरपनि फोहोर व्यबस्थापन गर्न नसक्दा चुनौतिको पहाडले थिचिने गरेका छन् । कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगरमा पनि फोहोर व्यवस्थापन चुनौतिको रुपमा रहदै आएको छ । तर पछिल्लो समय वीरेन्द्रनगरमा फोहोर व्यबस्थापनको नयाँ उपाय अपनाइएको छ । दैनिक उत्पादन हुने फोहोरबाट ग्यासँ उत्पादन गरेर फोहोरको सदु्पयोग गर्ने प्रयास थालिएको हो । सुन्नुस्, सहकर्मी प्रभा रावतले तयार पार्नुभएको यो रिपोर्ट (अडियोसहित) ।

एउटा भनाइ छ, फोहोरलाई मोहोर बनाउन सकिन्छ । वीरेन्द्रनगर १० का बासिन्दाले यही भनाइलाई यथार्तमा परिणत गरिदिएका छन् । बस्तीमा उत्पादन हुने फोहोर लामो समय सम्म नउठ्ने र त्यसले दुर्गन्ध फैलिदा स्थानीय बासिन्दा हैरान थिए । तर अहिले त्यहि फोहोरबाट ग्यासँ उत्पादन हुन थालेपछी उनिहरु दङ्ग छन् । स्थानिय रफितुन खान ।

नगरपालिकालाई फोहोर व्यवस्थापनमा हम्मे हम्मे भैरहेको बेला स्थानीयले ग्यासँ उत्पादन गरेर फोहोरको व्यवस्थापन गरिदिएका छन् । नजिकै रहेको बधशाला र बस्तीबाट उत्पादन हुने फोहोरबाट निकालिएको ग्याँस अहिले पाइपलाईबाट स्थानीयका १५ वटा घरमा वितरण गरिएको छ । ग्यासँ उत्पादन भएपछी फोहोर व्यबस्थापनको चिन्ता हटेको र जंगलको दाउरा र बजारको सिलिन्डरको जोहो गर्नुपर्ने समस्या पनि समाधान भएको बताउनुहुन्छ स्थानिय फजुल बक्स ।

वेलघारी सामुदायीक वायोग्याँस उपभोक्ता समीतिमार्फत ग्यासँ उत्पादनको काम भइरहेको छ । हाल यो नमुनाका रुपमा सञ्चालन गरिएको भएपनि यसलाई थप विस्तार गर्ने तयारी भइरहेको फोहोरबाट ग्याँस उत्पादनमा प्राविधिक परामर्श गर्दै आइरहेको केपी व्यवसायिक सेवा प्रालिले जनाएको छ । आगामी योजनाबारे जानकारी दिँदै प्रालीका प्रवन्धक निर्देशक कृष्णप्रसाद ढकाल ।

शहर र नगरभित्रको फोहोर व्यबस्थापनका लागी बर्षेनी करोडौँ रकम खर्च हुने गरेको छ । फोहोरले शहरको सुन्दरतामा समेत बाधा पुगिरहेको अबस्था छ । यस्तो अबस्थामा वीरेन्द्रनगर १० का बासिन्दाले जस्तै हरेक शहरमा फोहोरबाट ग्याँस निकाल्ने उपाय अपनाउन सके प्रशस्त लाभ लिन सकिनेछ ।

फाेटाेः कृष्ण ढकालकाे फेसबुक वालबाट ।