अब सुर्खेतमै फिस्टुलाको उपचार

सुर्खेत, ६ असोज (जागरण) । सुर्खेतमा पश्चिम नेपालकै पहिलो फिस्टुला अस्पताल संचालनमा आएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको हाताभित्रै ६ करोडको लागतमा फिस्टुला अस्पताल सञ्चालनमा ल्याइएको हो ।
१७ शैयाको फिस्टुला अस्पतालको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गर्नुभएको छ ।
उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली तथा प्रदेश नम्बर ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलाहरुलाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इन्चार्ज कृपा चौधरीले जानकारी दिनुभयो ।