ग्रामीणको रणनीतिक योजना बन्दै

सुर्खेत, ६ असोज (जागरण) । सुर्खेत वीरेन्द्रनगरको ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चारवर्षे रणनीतिक योजना बनाउन थालेको छ ।
सहकारीको लक्ष्य पूरा गर्न आगामी चार वर्षमा गरिने कामको रणनीति बनाउन थालिएको हो ।


त्यसका लागि आजदेखि संस्थाका सञ्चालक समिति र व्यवस्थापकिय कर्मचारी टीमले अभ्यास थालेका छन् । आजदेखि तीन दिने तालिम शुरु भएको संस्थाका अध्यक्ष ओमप्रकाश सुवेदीले बताउनुभयो ।
तालिममा नेपाल वचत तथा ऋण सहकारी संघका दामोदर अधिकारीले सहजिकरण गरिरहनुभएको छ ।