२१ तोला सुनसहित एक जना पक्राउ

सुर्खेत, ७ असोज (जागरण) । सुर्खेतमा २१ तोला सुनसहित एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगरको सुब्बाकुना प्रहरी चौकीमा चेकजाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका– १४ मा रहेको नयाँ राज ज्वैलर्सका संचालक सहबुद्धिन जसगढ पक्राउ परेका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष ब्युरोले चेक जाँच गर्न खोज्दा उनी भागेका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । सुनसहित ७९ ग्राम पत्थर पनि बरामत गरिएको छ ।
उक्त सुनको बजार मुल्य १२ लाख बराबर रहेको डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका जसगढलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।