दैलेख, १० चैत (जागरण) । दैलेखको गुराँस गाउँपालिकामा मतदानमार्फत केन्द्र निर्धारण गरिएको छ । सहमतीमा केन्द्र निर्धारण हुन नसकेपछि आज निर्वाचनबाट गाउँपालिकाको केन्द्र टुङ्गो लगाईएको हो ।
केन्द्रको लागि दुईवटा स्थानलाई विकल्प बनाएर मतदान गरिएको थियो । ४४ जना मतदानमा सहभागी भएका थिए ।
केन्द्र निर्धारणको लागि रानिमत्ता र घोडाबास विकल्प दिइएको थियो । निर्वाचनमा रानिमत्ता केन्द्र हुनुपर्छ भन्ने पक्षमा २४ मत र घोडाबास केन्द्र हुनुपर्छ भन्ने पक्षमा १९ मत परेको थियो ।
तर केन्द्र सार्नका लागि दुई तिहाई अर्थात कम्तिमा ३० मत आवश्यक पर्ने र रानीमत्ताको पक्षमा दुई तिहाई नपुगेपछि साविककै घोडाबासमा नै केन्द्र हुने भएको हो ।
फोटोः टेकराज केसी