सुर्खेत, ८ असोज (जागरण) । कांग्रेस नेताहरुले कार्यकर्तालाई एकतावद्ध भएर पार्टी निर्माणमा लाग्न निर्देशन दिएका छन् । आज वीरेन्द्रनगरमा भेला भएका कर्णाली प्रदेशका कार्यकर्तालाइृ कांग्रेसका केन्द्रिय नेताहरुले यस्तो निर्देशन दिएका हुन् ।
कांग्रेसको विधान संशोधन सम्बन्धी मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा कांग्रेस कार्यकर्ताहरु वीरेन्द्रनगरमा भेला भएका छन् ।
सोही अवसरमा पुर्वमन्त्री तथा कांग्रेस नेतृ चित्रलेखा यादवले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपमा नभई एकतावद्ध हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कांग्रेसले पार्टीको विधान संशोधनका लागि सबै प्रदेशबाट सुझाव संकलन शुरु गरेको हो । सुर्खेतमा सुझाव संकलनका लागि केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा र प्रदीप पौडेल आउनुभएको छ ।