प्रहरीद्धारा मदिरा नष्ट

सुर्खेत ८ असोज (जागरण) ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय बावियाचौरले कच्चा पदार्थ सहित अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको टोलीले मदिरा बनाउने ६ थान भाडा सहित ३ सय ४० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।


मदिरा जन्य बस्तुले समाजमा अपराधिक क्रियाकलाप बढाउने भएकाले यसको अत्य गर्नको लागी प्रहरीले यो अभियानकै रुपमा सञ्चालन गरेको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी प्रमुख निरिक्षक शुसोभन श्रेष्ठले जानकारी दिनुभयो ।