सदरमुकामभन्दा सस्तो स्वास्थ्य सेवा ठाँटीकाँधमा

दैलेख, ११ चैत (जागरण) । दैलेखकै विकट ठाँटीकाँध गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टरी सेवासंगै सदरमुकामभन्दा सस्तोमा स्वास्थ्य सेवा दिइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विकाश साहले गुणस्तर र सुलभ सेवा गाउँबाटै दिईएको हो ।
यसअघि सिअहेव र एचएको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चल्दै आएको थियो । उपकरण र सेवा नहुँदा विरामीहरु सदरमुका तथा सुर्खेत नेपालगंजमा चर्को शुल्क तिर्नुपर्ने बाध्यता थियो ।
अहिले गाउँपालिकाको मुकाम टाँठीकाँधमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट ओपिडी सेवा, २४ सै घण्टा ईमरजन्सी सेवा, विरामी भर्ना गरि उपचार सेवा, निशुल्क प्रसुती सेवा, निशुल्क गर्भपतन सेवा गरिनुका साथै ल्याव सेवा, भिडियो एक्सरे, एक्सरे, एम्वुलेन्स, अक्सीजन उपलब्ध छ ।
उपकरण धेरै भएकाले नयाँ भवन बनाउन गाउँपालिकाले रकम विनियोजन समेत गरिसकेको प्रमुख डा. साहले बताउनुभयो ।
एजेन्सी