लागुऔषध सम्बन्धी जनचेतना

सुर्खेत, १० असोज (जागरण) । इलाका प्रहरी कार्यालय बावियाचौँरले लागुऔषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ ।
कार्यालयले आज पञ्चपुरी नगरपालिकामा रहेको सुर्य प्रकाश मावी पलैटेका करिव ३ सय विद्यार्थिलाई लागुऔषध सम्बन्धि जानकारी गराइएको छ ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नं २ का अध्यक्ष जगत विसीले नगरपालिकालाई लागुऔषध रहित बनाउनको लागी आफ्नो तर्फबाट पुर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।


इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी प्रमुख निरिक्षक शुसोभन श्रेष्ठका अनुसार नगरपालिकामा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेदेखी बजार क्षेत्र शान्त भएको बताउनुभयो ।