खडानन्द अधिकारी । रेडियो चंखेली, कालिकोट । कालीकोट जिल्लामा गत वर्ष भन्दा यो वर्ष कुपोषणको दर घटेको जिल्ला अस्पताल कालीकोटको एक तथ्यांकले उल्लेख गरिएको छ ।
नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषण सम्वन्धि विभिन्न कार्यक्रमहरु संचालन भएपछि कुपोषणको अवस्थामा कमी आएको हो ।
गत वर्षको तुलनामा जन्मदा कम तौल भएका बालकको अवस्था ५ प्रतिशत र यो वर्ष ४ प्रतिशत रहेको छ । दुई वर्ष मुनिका कम तौल भएका बालकको गत वर्ष २० प्रतिशत थियो भने यो वर्ष १३ प्रतिशत रहेको छ ।
१ सय ८० वटा आइरन चक्की प्रयोग गर्ने महिलाको संख्या गत वर्ष ५१ प्रतिशत र यो वर्ष ५५ प्रतिशत रहेको छ । यस्तै सुत्केरी महिलाले प्रयोग गदै आइरहेको ४५ आइरन चक्की खानेको संख्या गत वर्ष ७४ प्रतिशत थियो भने यो वर्ष ७९ प्रतिशतले बढेको छ ।
कालीकोट जिल्लामा सिघ्र कडा कुपोसित बालवालिकाको संख्या गत वर्ष ८ सय ८३ जना र यो वर्ष ५ सय १२ जना रहेको जिल्ला स्वास्थय कार्यालय कालीकोटका पोषण फोकल पर्सन कटक वहादुर महतले बताउनु भयो ।
महतका अनुसार गत वर्ष ५ सय ९० जनाको कुपोषणको उपचारबाट निको भएको थियो भने यो वर्ष ४ सय ८ जना निको भएको उहाँको भनाई छ । महतका अनुसार यो वर्ष कुपोषणमा कमी आउनुको कारण सिघ्र कुपोषण,बहिरंग उपचार सेवा र बालवालिकाको लागि उत्पादन गरिएको पिठो(लिटो) वितरणका कारण कुपोषणमा कमी आएको बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको तथ्यांक अनुसार पोषिलो पिठो प्रयोग गर्ने महिला,वालवालिकाको संख्या गतसाल १० हजार,९ सय ७२ जना रहेको छ भने यो वर्ष १० हजार,६ सय,६१ जना रहेको तथ्यांकमा छ ।
कुपोषित भएका बालवालिका मध्ये ६० प्रतिशत भन्दा बढि बालिका,६० प्रतिशत भन्दा बढि दलित रहेको पनी तथ्यांकमा छ । बढि दलित र बालवालिका कुपोषित देखिनुको कारण भने लैगिंक विभेद,गरिबी,रुडिवादी,तयारी खानको प्रयोग,जिवनको महत्व थाहाँ नपाउनु जस्ता कारण रहेको पनी जिल्ला स्वास्थय कार्यालय कालीकोटका प्रमुख डा.विवस पराजुलीले बताउनु भयो ।
डा. विवसका अनुसार यो वर्ष कुपोषणमा कमि आउनुको कारण बहुक्षेत्रिय पोषण कार्यक्रम लागुहुनु,सिघ्र कुपोषण एकिकृत व्यवस्थापनको लागु,मातृशिसु तथा बाल्य कालिन पोषण बृद्धि अनुगमन तथा परामर्श,आमा तथा वालक स्वाथ्य स्याहार सम्वन्धि कार्यक्रम लागु हुँदा भने यो वर्ष गत वर्ष भन्दा कुपोषणको अवस्थामा कमि आएको हो ।
जिल्ला अस्पताल कालीकोटको तथ्यांकका आधारमा जिल्लामा ६ महिना देखि ५९ महिना सम्मका मध्यम सिघ्र कुपोषित बालवालिकाको प्रतिशत गत वर्ष १४ प्रशिसत र यो वर्ष ७ प्रशिसत रहेको छ । यस्तै कडा सिघ्र कुपोषित बालवालिकाको संख्या गत वर्ष ७ प्रतिशत र यो वर्ष ४ प्रतिशत छ ।