युवकको साइकलयात्रा किन (अडियोसहित)

सुर्खेत, १२ असोज (जागरण) । भारतका विभीन्न शहर हुँदै सुर्खेतको सिम्ता गाउँपालिका सम्मको साइकल यात्रा गर्नुभएका १८ वर्षिय युवक वीरेन्द्रनगर आइपुग्नुभएको छ ।


युवाहरुलाई आत्मविश्वास र शाहस नै मानव जीवन हो भन्ने उदाहरण दिनका लागि साइकल यात्रा शुरु गर्नुभएका सिम्ता गाउँपालिका आग्रीगाउँका बालकृष्ण शाही वीरेन्द्रनगर आउनुभएको हो ।
देशमा केही गर्न सकिँदैन भन्ने सोचमा रहेकाहरुलाई सन्देश दिनका लागि अभियान सुरु गरिएको उहाँले बताउनुभएको छ ।
प्रश्तुत छ, उहाँसँग सहकर्मी दीपेन्द्र ओलीले गर्नुभएको कुराकानी ।