गणेश खड्का, रेडियो सौर्यदय ।
मुगु, १३ असोज (जागरण) । मुगु सदरमुकाम गमगढीमा पहिलोपटक अपाङ्गता भएका ब्यक्तिहरुका लागी प्रदेश स्तरिय पारा खेलकुद प्रतियोगिता हुने भएको छ ।
परिबर्तन सम्भव छ भन्ने मुल नाराका साथ बि आई ए फाउण्डेशन काठमाडौको आयोजनामा आगामी मंशीरमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता आगामी मंसिर १५ गते देखि १७ सम्म मुगु सदरमुकाम गमगढीमा संचालन हुने भएको हो ।
प्रतियोगिताकामा तिन, चार, पाँच र कर्णाली प्रदेशका १२ महिला र १८ पुरुष अपाङ्गता भएका खेलाडि सहभागि हुने छन् ।
प्रतियोगितामा ह्वीलचियर बास्केटबल, ह्वीलचियर नृत्य, ह्वीलचियर टेगाण्डो पुङछ र ह्वीलचियर ट्रान्स म्युजिक प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सहआयोजकको रुपमा जिल्ला खेलकुद बिकास समिति, अपाङ्ग पुनःस्थापना तथा ग्रामिण अनुसन्धान संस्था रहेका छन् ।
यस्तै, छाँयानाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिका प्रायोजन रहेका छन् ।
खेलकुदमा अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता गराउन र राज्य देखि समुदायको चेतना स्तर उठाउन खेलकुदको आयोजना गरिएको बि आई ए फाउण्डेसनका खेल प्रशिक्षक किशोर शाहीले बताउनुभयो ।
प्रतियोगिता संचालन गर्न २३ लाख बजेट आबश्यक हुने भएपनि केन्द्र सरकारका तर्फबाट कुनै सहयोग नभएको उहाँको भनाई छ ।
प्रतियोगिताका लागि छनौट भएका चार प्रदेशका ४० जना खेलाडिहरुलाई अहिले काठमाडौको जोरपाटी र ललितपुरको जावला खेलमा प्रशिक्षण भईरहेको छ ।
फाेटाेः अनलाईनखबर ।