ज्येष्ठ नागरिकका लागि सरकारद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

सुर्खेत, १३ असोज (जागरण) । कर्णाली प्रदेश सरकारले ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सामाजिक विकास मन्त्रालयले आज वीरेन्द्रनगरमा ७० जना ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

ज्येष्ठ नागरिककाे स्वास्थ्य जाँच गर्दै डाक्टर के‍‌ एन पाैडेल ।

मन्त्रालयका सचिव गिरिजा शर्माले ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सुरक्षालाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु संचालन गर्ने तय गरेको बताउनुभएको छ ।
उहाँले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण, ७० वर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा, विपन्न परिवारका ज्येष्ठ नागरिकहरुका लागि जेष्ठ नागरिक कल्याणकारी कार्यक्रमहरु पनि सरकारले अघि सारेको बताउनुभयो ।
मन्त्रालयले अन्तराष्टिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पर्सी पनि विशेष कार्यक्रमको अायाेजना गर्दैछ ।