लगानीमैत्री वातावरण बन्नुपर्यो

सुर्खेत, १२ चैत (जागरण) । कर्णाली प्रदेशमा लगानी गर्नका लागि लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ ।
कर्र्णाली प्रदेशको आर्थिक विकासका लागि सहकार्य गर्न गर्न तयार रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदेश सरकारलाई पुर्वाधार र सुरक्षाको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।
वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशको समृद्धिका लागि सम्भावना सम्बन्धी वहसमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले व्यवसायीहरुलाई लगानी गर्नका लागि प्रदेश सरकारले सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताउनु भयो ।
उहाँले उद्योग खोल्नका लागि जग्गाको व्यवस्था, बैकिंङ् सेवा र सुरक्षालगायतका सेवासुविधा दिनुपर्ने बताउनु भयो ।
त्यस अवसरमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले कर्णाली प्रदेशको पहिलो प्राथमिकता भौतिक पुर्वाधार र सडक सञ्जाल निर्माण भएकाले यहा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
यस्दै कांग्रेस सांसद हिमबहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्न लागि आफुहरुले आवश्य वातावरण बनाउन सरकारलाई सघाउने बताउनु भयो ।
यस्तै, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने र लगानीका लागि वातावरण निर्माण गर्ने प्रतिवद्धतता जनाउनुभयो ।