सुर्खेतमा राष्ट्रिय नाटक महोत्सव हुँदै

सुर्खेत, १४ असोज (जागरण) । सुर्खेतमा आगामी मंशिर ६ गते देखि राष्ट्रिय नाटक महोत्सवको तयारीमा सुर्खेतका रंगकर्मी जुटेका छन् ।
साँस्कृतिक संस्थानको आयोजनामा सुर्खेतमै हुने महोत्सवका लागि रंगकर्मीहरु तयारीमा जुटेका हुन् ।
आज वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै साँस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले सरकारले घोषणा गरेको रारा पर्यटन बर्ष र समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई पनि यसले मद्दत गर्ने जिएम थापाको भनाई छ ।

dav

उहाँले कर्णाली प्रदेश खस भाषाको उद्गम स्थल हुनुका साथै वि.सं. १९९४ देखि नै रंगकर्मीको उद्गमस्थलको रूपमा स्थापना भएका कारण नाट्य महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।
साथै उहाँले सुर्खेत कला संस्कृतीको धरोहरका रुपमा रहेर पनि एउटा नाटक घर समेत नभएको दुःख व्यक्त गर्दै त्यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग अनुरोध गरिएको बताउनुभयो ।
नाटक महोत्सवका लागि साँस्कृतिक संस्थानले नेपालका बरिष्ठ रंगकर्मीहरु हरिहर शर्मा, अनुप बराल, अशेष मल्ल लगायत बंगलादेश, भारत र केही बाहिर देशका कलाकारलाई पनि बोलाउने जनाएको छ । ती कलाकारसंग देशभरका कलाकारले नाट्य क्षेत्रका विविध पक्षका बारेमा सहकार्य गर्ने तथा अन्तरंग गर्ने जनाइएको छ ।
महोत्सवमा देशभरका ७ वटै प्रदेशका २÷२ वटा नाटक सहभागि हुने गरी १४ र सह–आयोजकको १ वटा गरी १५ वटा नाटक मञ्चन हुने आयोजक साँस्कृतिक संस्थानले जनाएको छ ।
सह–आयोजकको रुपमा आरंग नेपाल, बागीना समूह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, भैरव कला परिवार, सप्तरंगी मोडेल तथा आर्टस् लगायत कर्णाली प्रदेशका सवै साँस्कृतीक संस्थाहरु रहनेछन् ।