काठमाण्डौँ, १३ चैत (जागरण) । काठमाण्डौँमा जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै केहि दिन लम्विने भएको छ ।
निर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न गत चैत ९ गतेदेखि सुरु भएको बैठक नेताहरुले बोल्ने क्रम नसकिएकाले अझै लम्विने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले बैठकमा २३ केन्द्रीय सदस्यहरुले बोलिसकेको र यही सिलसिला केहि दिन यथावत रहने जानकारी दिनुभयो । पौडेलका अनुसार २२ केन्द्रीय सदस्यले बोल्नका लागि समय मागेकाले बैठक अझै केही दिन लम्बिन सक्ने सम्भावना छ ।
बैठकमा बौल्ने सबैजसो नेताले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व गरेको कांग्रेस अरुका कारण नभई आफ्नै कारण कमजोर जस्तो देखिन पुगेको बताएका छन् ।
बैठकमा रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको नीति र नेतृत्वको चर्को आलोचना गरेका छन् भने देउवा पक्षकाले बचाउ गरिरहेका छन् ।
अनलाइनबाट