सुर्खेत, २२ असोज (जागरण) । कर्णाली प्रदेश सरकारको बजेट कार्यन्वयनमा चुनौति देखिएको छ । चालु आर्थिक बर्ष शुरु भएको ४ महिना वितिसक्दा समेत प्रदेश सरकारको खर्च बजेट शुन्य देखिएको हो ।
आज वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्ढीप्रसाद निरौलाले पुँजीगततर्फ ७९ लाँख ६७ हजार ९ सय ७४ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि २८ अर्ब २८ करोड २८ लाँख २८ हजार बराबरको बजेट विनियोजन गरेको थियो ।
यस्तै, कर्णाली प्रदेशमा २२ सय कर्मचारीको दरबन्दी भएपनि हालसम्म २० प्रतिशत कर्मचारी नभएको आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
कार्यप्रगति प्रस्तुत गर्दै मन्त्री जवालाले हालसम्म मन्त्रालयका विभिन्न ९ वटा आवश्यक ऐनहरु प्रदेश सभा बाट पारित गरिएको जानकारी दिनुभयो ।