सुर्खेत, १४ चैत (जागरण) ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा न्यायीक समितीले पुर्णता पाएको छ ।
नगरसभाले पारित गरेका निर्णयहरु सार्वजनिक गर्दै नगरपालिकाले न्यायिक समितिलाई पुर्णता दिईएको जनाएको छ ।
उपप्रमुख मोहनमाया ढकालको संयोजकत्वमा तिन सदस्यीय न्यायिक समिती गठन भएको हो ।
समितिको सदस्यमा रामकुमारी थापा र टोपबहादुर राष्कोटी चयन हुनुभएको छ । यसैगरि नगरसभाले बलबहादुर रोकायको संयोजकत्वमा लेखा समिती पनि गठन गरेको छ ।
लेखा समितिको सदस्यमा उपेन्द्रबहादुर खड्का र डम्मर बहादुर नेपाली चयन हुनुभएको छ । नगरसभाले बैठकबाट पारित योजना तथा कार्यक्रम मध्ये आवश्यकतालाई ध्यान दिँदै वडा समितीको निर्णय अनुसार योजना तथा बजेट परिवर्तन गर्ने गरि अनुमोदन गर्ने निर्णय गरेको छ ।
नगरसभाले वीरेन्द्रनगर नगरपालिकाको प्रसाशकिय कार्यविधि नियमित गर्ने, शिक्षा ऐन, सहकारी ऐन, कृर्षि ब्यबसाय प्रबद्धन ऐन, न्यायिक समितीले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा ब्याख्या गर्न न्यायिक समिति ऐन गरि पाँचवटा ऐन पारित गरेको हो ।