जनताको आवाजः संसदमा अवरोध नगरौँ छलफल गरेर अघि बढौँ (अडियोसहित)

सुर्खेत, २८ असोज (जागरण) । कर्णाली प्रदेशको संसद वैठक बारम्बार अवरुद्ध भईरहेको छ । गत साउन २५ गते बसेर स्थगित भएको असोज २३ गते वैठक बसेको थियो त्यसपछि लगातार तीन पटकसम्म प्रयास गरिएपनि संसद वैठक बस्न सकेन । प्रतिपक्षी कांग्रेसले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै संसद अवरुद्ध गर्दै आएको हो । यसै विषयमा आज हामीले प्रदेशसभाको वैठक पटक पटक अवरुद्ध भईरहनुलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।