घुस रकम लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षकसहित दुई जना अख्तियारको फन्दामा

सुर्खेत, २८ असोज (जागरण)
सेवाग्राहीसंग घुस रकम लिँदै गरेको अवस्थामा सुर्खेतमा प्रहरी निरीक्षकसहित दुई जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई पक्राउ गरेको हो ।
पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले जानकारी दिनुभयो ।


सुनचाँदी पसल चोरी भएको र पक्राउ गर्नमा सहजिकरण गरिदिए वापत उनीहरुले घुस रकम मागेको डाँगीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई आयोगले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।