अाफै कर्मचारी भर्ना गर्दै प्रदेश सरकार

सुर्खेत, २९ असोज (जागरण) । संघीय सरकारका कर्मचारीहरु नआएपछि कर्णालीमा प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्ने निर्णय गरेको छ । कर्मचारीको अभावमा बजेट कार्यान्वयन हुन नसकेपछि प्रदेश सरकारले अब आफैं आवश्यक कर्मचारी भर्ना गर्ने भएको हो ।
आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले करारमा कर्मचारी भर्ना गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न सकेको छैन ।
आर्थिक वर्ष सुरु भएको चार महिना वितिसक्दा पनि कर्णालीमा प्रदेश सरकारको विकास बजेटको खर्च शुन्य छ । यही अवस्थामा सरकारले बजेट खर्च गर्न नसक्ने अवस्था आएको भन्दै आफैं कर्मचारी भर्ना गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका संरचना स्थापना नभएको र कर्मचारी अभावले थप जटिलता पैदा भएको भन्दै प्रदेश सरकारले अब नयाँ कर्मचारी भर्ना गरेर बजेट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

वजेट कार्यान्वयनका लागि अपुग कर्मचारी करारमा नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवत्तासमेत रहेकी कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दशंै र तिहार लगत्तै कर्मचारी नियुक्तीको प्रक्रिया अगाडि बढाइनेछ ।