चिङ्गगाडलाई संस्कृति तथा पर्यटनको हवका रुपमा विकास गर्नुपर्नेमा जोड

सुर्खेत, १ कात्तिक (जागरण) । सुर्खेतको चिङ्गगाड गाउँपालिकामा बुधबारदेखि शुरु भएको सांस्कृतिक एंव धार्मिक मेला सम्पन्न भएको छ ।
चिंगाड गाउँपालिकाको आर्थिक सहयोगमा भैरव सांस्कृतिक जगेर्ना समुह अवलचिङ्घको आयोजनामा संचालन गरिएको मेलामा स्थानीय कला संस्कृति प्रदर्शनी गर्नुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति पनि राखेका थिए ।
मेलाको समापनमा बोल्दै स्थानीय समाजसेवी एवम् युवा नेता जितबहादुर रानाले चिंगाडलाई संस्कृति तथा पर्यटनको हवका रुपमा विकास गर्न सबै जुट्नुपर्ने बताउनुभएको छ ।