एयरलाइन्सको सिन्डिकेटका कारण चामल ढुवानीमा समस्या

हुम्ला, ९ कात्तिक । चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरी सम्झौताअनुसार खाद्यान्न ढुवानी नगर्दा यस पटकको दसैंमा हुम्लाका नागरिकले चामलको अभाव खेप्नु परेको छ ।
दसैंमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाइन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो । तर बढी कमाइ हुने भएपछि एयरलाइन्सहरु सम्झौताअनुसार ढुवानी नगरी यात्रु ओसार्न लागेको संस्थानले जनाएको छ ।
सहमतिअनुसार प्रत्येक एयरलाइन्सले २ सय ५० क्विन्टलका दरले दसैं अगाडि नै एक हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने थियो । तर उनीहरुले ३ सय ३५ क्विन्टलमात्रै ढुवानी गरेका छन् ।

कान्तिपुर ।