कर्णालीको संसद वैठकमा पहिलोपटक सांसदलाई विशेष समय

सुर्खेत, १५ चैत (जागरण) ।
कर्णाली प्रदेशको भोली (शुक्रबार) बस्ने संसद वैठकमा सांसदले विशेष समय लिएर बोल्ने पाउने भएका छन् ।
भोलीको संसद वैठकमा सांसदहरुका लागि विशेष समयको व्यवस्था गरिने भएको प्रदेश सभा सचिव राजेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशको संसद वैठकमा विशेष समयको व्यवस्था गरिएको यो पहिलो पटक हो ।
भोली बस्ने प्रदेशसभा वैठकमा छलफलका लाग कार्यसुची तय गर्न आज बसेको सर्वदलिय वैठकले विशेष समयको व्यवस्था सहित चार वटा कार्यसुचि तयार पारेकोे सचिव पौडेलले जानकारी दिनुभयो ।
जसमा कार्य व्यवस्था परामर्श समिति गठन, आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार पारेको आर्थिक विधेयक प्रस्तुत गर्ने, संसद नियमावली मस्यौदा समिति पेश गर्ने कार्यसुचि रहेको उहाँले जानकारी दिनुभयो ।
संसद वैठक भोली दिउँसो १ बजे बस्दैछ ।