सुर्खेत, १४ कात्तिक (जागरण) । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल अब प्रदेश अस्पतालमा रुपान्तरण भएको छ ।
प्रदेश सरकारले मध्यपश्चिम क्षेत्रीय अस्पतालाई आफू मातहत ल्याएर प्रदेश अस्पताल बनाएको हो । २०६२ फागुन ७ मा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालमा विकास गरेको अस्पताललाई अहिले प्रदेश अस्पताल बनाइएको हो ।
अस्पतालको मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभयो । अहिले अस्पतालले १ सय १५ शैयाबाट सेवा दिइरहेको छ । उद्घाटनपछि मुख्यमन्त्री शाहीले प्रादेशिक अस्पताललाई पाँच सय शैय्याको बनाउने प्रतिबद्धता जनाउनुभयो । कर्णाली भौगोलिक रुपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा पु¥याउन स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणा सरकारले अघि सारेको पनि उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरुलाई शुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा पु¥याउन आफूहरु लागि परेको उहाँको भनाई छ । सुन्नुस् यसै विषयमा सहकर्मी मुना हमालले तयार पार्नुभएकाे याे रिपोर्ट (अडियो) ।