सुर्खेत, १५ चैत (जागरण) ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सडक अतिक्रमण गरी बनाईएका घर टहराहरु हटाईएको छ ।
नगरपालिकाले आज मुख्य बजार क्षेत्र र घण्टाघरमा निर्माण गरिएका टहराहरु डोजर लगाएर हटाएको हो ।
पटक पटक सुचना सार्वजनिक नै गरेर जग्गा अतिक्रमण गरी राखिएका पसल तथा घर टहरा खाली गर्न र हटाउन निर्देशन दिएपनि अटेर गरेपछि डोजर लगाएर हटाईएको नगरपालिकाले जनाएको छ ।
यस अघि बजार क्षेत्रका विभिन्न स्थानमा रहेको फुटपाथ पसल, छाडा चौपाया, अनावश्यक बोर्डहरु नगरपालिकाले हटाएको थियो ।
अनुमति लिएर संचालित पसलहरुलाई भने केहि दिन सम्म हटाउने निर्देशन दिईएको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताउनु भयो ।
पौडेलले आफ्नो आर्थिक अवस्था हेरेर नगरको सुन्दरतामा आँच नआउने किसीमले पसल संचालन गर्न व्यवसायिहरुलाई आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुका लागि नगरपालिकाले केही विकल्प खोज्ने पनि बताउनुभयो ।