आईतबारदेखि संसदको दोस्रो अधिवेशन अन्त्य हुने

सुर्खेत, १७ कात्तिक (जागरण) । कांग्रेसको अवरोधपछि सुचारु भएको कर्णालीको संसद बैठक सुचना टाँसेर स्थगित गरिएको छ । शुक्रबारका लागि बोलाइएको बैठक सुचना टाँसेर स्थगित गरिएको हो ।
बुधवार बैठक बसेर शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर प्राविधिक कारण भन्दै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेको हो ।
प्राविधिक कारणले शुक्रबार बैठक बस्न सक्ने अवस्था नभएपछि सुचना टाँसेर आईतबार सम्मका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । अब आईतबार बैठक बसेर संसदको दोस्रो अधिवेशन अन्त्य गर्ने तयारी छ ।
सभामुख शाहीले अब बस्ने संसद बैठकले कर्णाली प्रदेश सभाका सदस्य र मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधा सम्बन्धि दर्ता भएको विधेयक माथि छलफल गर्ने कार्यसुची रहेको जानकारी दिनुभयो ।