सुर्खेत, १९ कात्तिक (रेडियो भेरीगंगा, छिन्चु) । सुर्खेतको गुर्भाकोटस्थित मेहेलकुना अस्पतालको उद्घाटन गरिएको छ । प्रदेश मातहतमा अस्पताल आएसँगै उक्त अस्पतालको उद्घाटन गरिएको हो ।
सामाजिक विकास मन्त्री दल रावलले अस्पतालको उद्घाटन गर्नुभयो । साथै उहाँले तत्काल अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।