कृषि उद्यममार्फत् गरिवी घट्यो

सुर्खेत, १९ कात्तिक (जागरण) । सुर्खेतसहित कर्णाली प्रदेशका सात जिल्लामा कृषि उद्यममार्फत गरिबी घटेको अनुसन्धानका क्रममा पाइएको छ ।
स्याउ, अदुवा, खसीबोका, बेमौसमी तरकारी, टिमुर, बेसार र तरकारीको वीऊ उत्पादनबाट झण्डै १६ हजार कृषकको आम्दानीमा बृद्धिसँगै जीवनस्तर गुणस्तरीय बनेको अनुसन्धानले देखाएको छ ।


उच्च मूल्य कृषि विकास बस्तु आयोजनाले सुर्खेतसहित दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, सल्यान र अछाममा उच्च मूल्य कृषिबस्तुको उत्पादनमा सात वर्षदेखि बिभिन्न सहयोग गर्दै आएको छ । सात वर्षको अवधिमा किसानको आम्दानी प्रतिपरिवार १० हजारले बृद्धि भएको छ ।