आज गोवर्द्धन तथा गोरु पुजा, महत्वबारे जान्नुस् (अडियोसहित)

सुर्खेत, २२ कात्तिक (जागरण) । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन र गोरुको पूजा आजा गरी मनाइँदैछ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।
द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसी आएको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रही आएको छ । यसैबिच, सहकर्मी चाँदनी कठायतले गोवद्र्धन पुजाको महत्वबारे नेपाल नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमलाई सोध्नुभएको छ, सुन्नस् यो अडियो ।