आज भाइटिकाः भाइटिकाको सवै विधी र विधिहरुको महत्व (अडियो सहित)

सुर्खेत, २३ कात्तिक (जागरण) । आज तिहारको अन्तिम तथा महत्वपूर्ण दिन भाईटिका । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
बिहान ११ बजेर ५५ मिनेटमा भाइटिकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसै सन्दर्भमा सहकर्मी चाँदनी कठायतले समितीका अध्यक्ष गौतमसँग भाइटिकाको महत्वबारे कुराकानी गर्नुभएको छ ।
सुन्नुहोस् यो कुराकानीः