कालिकोट, २३ कात्तिक (रेडियो चंखेली) । जिल्ला अस्पताल कालिकोट कर्णाली प्रदेश सरकारको मातहतमा हस्तारण गरिएको छ ।
कर्णाली भौगोलिक रूपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा र्पुयाउन स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणाअनुसार प्रदेश सरकार मातहतमा ल्याइएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मानबहादुर बिकले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद कुर्मराज शाहीले जिल्ला अस्पतालमा तत्काल उपकरणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।