बन्धक बनाइएका पाँच किशोरी सुर्खेतबाट उद्दार

सुर्खेत, २५ कात्तिक (जाागरण) । घरमा बन्धक बनाएको अवस्थामा पाँच जना किशोरीलाई सुर्खेत प्रहरीले उद्दार गरेको छ ।

गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका नुवाकोटका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्दार गरेको हो ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ का निर्मल विश्वकर्माको घरमा बन्धक बनाएर राखेको अवस्था प्रहरीले उनीहरूलाई हिजो उद्दार गरेको थियो । किशोरीहरूको उद्धारपछि बन्धक बनाउने विश्वकर्मालाई नियन्त्रणमा लिएर कारवाहीका लागि प्रहरीले नुवाकोट पठाएको छ ।