‘एक विद्यालय, एक बगैँचा’ अभियान

काठमाण्डौँ, २६ कात्तिक (जागरण) । सरकारले ‘एक विद्यालय, एक बगैँचा’ अभियान सञ्चालन गरेको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा व्यापक हरियाली कायम गर्न सरकारले त्यससम्बन्धी निर्देशिका जारी गरेको हो ।
बृहत् हरित क्षेत्रअन्तर्गत विद्यालयको परिसर वा सेवा क्षेत्रभित्र रहेको खाली जग्गा वा सार्वजनिक क्षेत्रभित्र विद्यालय र समुदायको प्रयासमा वृक्षरोपण गर्र्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
सामुदायिक विद्यालय, निजी विद्यालय तथा स्वीकृत प्राप्त मदरसा, गुम्बा, बिहार, गुरुकूल, आश्रम र विशेष शिक्षाका स्रोत कक्षासमेतमा यो अभियान लागू हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताउनुभयो ।
अब स्थान अभाव भएका विद्यालयमा गमलामा भए पनि बिरुवा रोप्नुपर्ने भएको छ । अनलाइनको सहयोेगमा ।