दशैँ तिहारमा ७७ जुवाडे पक्राउ, १० लाखभन्दा बढी राजश्व

सुर्खेत, २६ कात्तिक (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दशैं र तिहारको बीचमा ११ ओटा जुवाखालबाट १० लाख ५१ हजार ९ सय ७८ रुपैयाँ बरामद गरेको छ ।
यस्तै घटस्थापनादेखि कात्तिक २५ गतेसम्म ७७ जना जुवाडेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरेले जानकारी दिनुभयो ।
यस्तै दशैं र तिहारको अवधीमा सुर्खेतमा दुई जनाले सवारी दुर्घटनमा परेर ज्यान गुमाएका छन् । ७ जना गम्भीर घाइते भएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दशैं र तिहारको बेला बरामद गरिएको पटाका नस्ट गरेको छ ।