काठमाण्डौँ, २७ कात्तिक (जागरण) । सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा व्यवसाय सुरु गर्न कर्जा दिने प्रक्रिया सुरु गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ को बजेटमा व्यवस्था गरे अनुसार वैदेशिक रोजगारीमा गएकाहरुलाई त्यहाँ सिकेको सीप अनुसारको काम नेपालमा गर्न १० लाख रुपैयाँ दिने प्रकृया सुरु गरेको हो ।
कर्जाका लागि नेपाल राष्ट्र बैंकले आफ्नो नजिकैको शाखाबाट सुविधा लिन सेवाग्राहीलाई आग्रह गरेको छ ।
अनलाइनको सहयोग ।