विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने तयारी

काठमाण्डौँ, २७ कात्तिक (जागरण) । निर्वाचन आयोगले अब हुने आवधिक चुनावमा विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने तयारी सुरु गरेको छ ।
विदेशमा रहेका नेपालीलाई चुनावमा सहभागी गराउनका लागि गृहकार्य थालेको आयोगले जनाएको हो ।
त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन/अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि मतदानको अधिकार सुनिश्चित गर्न भन्दै गत चैत ७ गते सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको थियो ।

अनलाइनको सहयोग ।