कर्णालीका ३० प्रतिशत महिला २० वर्ष नपुग्दै आमा बन्छन्

सुर्खेत, २७ कात्तिक (जागरण) । कर्णाली प्रदेशका करिब ३० प्रतिशत आमाहरुले २० वर्षभन्दा कम उमेरमा नै बच्चा जन्माउने गरेका छन् । तीमध्ये पश्चिम रुकुम, सुर्खेत र सल्यानमा यो संख्या धेरै छ ।
आर्थिक वर्ष २०७४/७५ मा ४४ हजार ६ सय ८२ जना आमा बनेका छन् । त्यसमध्ये १३ हजार ६ सय ३७ आमा २० वर्षभन्दा कम उमेरका छन् ।
कम उमेरमै आमा बन्नेको संख्या सबैभन्दा धेरै पश्चिम रुकुममा दुई हजार सात सय २४ छ । सुर्खेतमा दुई हजार सात सय २२ जना र सल्यानमा दुई हजार एक सय ५७ जना छन् ।
कम उमेरमै आमा बन्न लागेका युवतीको मृत्यु पनि उत्तिकै हुन्छ । आर्थिक वर्ष ०७३÷७४ मा कर्णाली प्रदेशमा २१ जना आमाहरूको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

अनलाइनको सहयोग ।