सुर्खेत, २७ कात्तिक (जागरण) । राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा न्यूनीकरणका लागि कर्णाली प्रदेशस्तरीय हेल्पडेक्स अर्थात सहायता कक्ष सञ्चालन गर्ने भएको छ ।
हेल्पलाईन सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन र सुझाव संकलन गर्न आयोगले वीरेन्द्रनगरमा सरोकारवालासँग अन्तरक्रिया समेत गरेको हो ।
आयोगले हाल काठमाडौंमा मात्रै हेल्पलाईन सेवा सञ्चालन गर्दै आएकोमा अब सबै प्रदेशमा सञ्चालन गर्न लागेको आयोगका सचिव अनिलकुमार ठाकुरले बताउनुभयो ।
यस्तै कर्णाली प्रंदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा विकासका सबै सूचकांकको अवस्था दयनीय रहेको भन्दै सामाजिक न्यायका लागि आयोगले थालेको अभियानको प्रशंसा गनुृभयो ।