चिनिया टोलीद्वारा हिल्सा–जमुनाहा दु्रतमार्गको सर्भे शुरु (अडियो सहित)

सुर्खेत, २८ कात्तिक (जागरण) । कर्णाली प्रदेशसँग जोडिएको एकमात्र अन्तर्राष्ट्रिय नाका हिल्सा जोड्ने द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।
दक्षिणमा भारतसँग जोडिएको बाँकेको जमूनाह नाकादेखि उत्तरमा चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको दु्रतमार्गको चिनिया टोलीले सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
यही क्रममा चिनको चाइना रेलवे कम्पनीका इन्जिनियरहरुको टोलीले हिजो हेलिकोप्टरबाट द्रुतमार्ग निर्माण हुने स्थलको हवाइ सर्वे गरेको छ भने आजदेखि इन्जिनियरहरुले स्थलमार्गमार्फत नै सम्भाव्यता अध्ययन गर्नेछ ।
चिनिया टोलीसहित कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र भौतिक योजना मन्त्री खड्कबहादुर खत्रीले हवाइ मार्गबाट सडक निर्माण हुने क्षेत्रको अवलोकन गर्नुभएको हो ।
पाँच सय ३० किलोमिटर लामो यो द्रुतमार्ग निर्माणका लागि चिनिया कम्पनीले सम्भाव्यता अध्ययनको काम थालेको हो ।
हवाइ सर्वे गरेको चिनिया टोलीले आजदेखि भने स्थलगत सर्वेको काम अगाडी बढाउने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।
मन्त्री रावलको भनाई सुन्नुहोस्ः