बजारमा ‘मायासँग भेट भयो यसरी’

सुर्खेत, १७ कात्तिक (जागरण) । दिपेन्द्र थापा मगर र राधिका रुम्बाको तेस्रो प्रस्तुती मौलिक झ्याउरे गीत ‘मायासँग भेट भयो यसरी’ बजारमा आएको छ ।
दिपेन्द्र थापा मगरको लय र शव्द रहेको गीतमा शिव सङ्गीत र लक्ष्मी राना मगरको स्वर रहेको छ ।
गीतमा अभिनय भने दिपेन्द्र थापा मगर, सिर्जना थापा मगर, मनिषा थापा मगर र सहारा क्लबमा अावद्ध कलाकारहरुको छ ।
गीतको छायाङ्कन जाजरकोटको शिवालय गाउँपालिका ६ सुँगुरखालमा भएको हो ।