भवन बनाउने दानदाताको नाम शिलामा लेखिने

सुर्खेत, २८ कात्तिक (जागरण) । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतको भवन निर्माण सहयोगार्थ खेलिएको देउसी भैलोमा सहयोग गर्नेहरुको नाम शिलामा लेखिने भएको छ ।
तिहारको अवसरमा खेलिएको देउसी भैलोमा सहयोग गर्नेहरु सवैको नाम र रकम स्पष्ट देखिने गरी शिलामा लेखिने प्रतिष्ठानका सचिव खड्ग चन्दले जागरणलाई बताउनुभयो ।


देउसी भैलोबाट दुई लाख ७४ हज़ार तीन सय २० रुपैयाँ जम्मा भएको छ । देउसी भैलोको औपचारिक समिक्षा गरेको प्रतिष्ठानले देेउसी भैलोमा सहयोग र साथ दिनेहरु प्रति आभार प्रकट गरेको प्रतिष्ठानका अध्यक्ष उत्तम शर्माले जानकारी दिनुभएको छ ।