सुर्खेत, २९ कात्तिक (जागरण) । नेपाल खाद्य संस्थान सुर्खेतले दंशै, तिहार र छठको अबसरमा सञ्चालन गरेको सुपथ पसलबाट १ हजार ९ सय क्वीटल चामल विक्रि भएको छ ।
चाडपर्वलाई लक्षित गरेर संस्थाले विशेष सहुुलियतमा वीरेन्द्रनगरमा सुपथ मुल्य पसल संचालन गरेको थियो । सुर्खेतमा पहिलो पटक चामलको लागि सुपथ मुल्य पसल संचालनमा ल्याइएको थियो ।
असोज १६ गतेदेखि कात्तिक २७ गतेसम्म सञ्चालन भएको सुपथ मुल्यमा १ हजार ९ सय तीन क्वीटल ३४ केजि चालम विक्रि भएको हो ।