गाडी भाडामा एकरुपता नहुँदा यात्रु मर्कामा

सुर्खेत, २९ कात्तिक (जागरण) । गाडी भाडामा एकरुपता नहुदाँ कर्णाली प्रदेशका विभिन्न जिल्लामा जाने यात्रुहरु मर्कामा परेका छन् । यातयाता व्यबसायीले मनपरी भाडा असुल्ने गरेपछी यात्रुहरु मर्कामा परेका हुन् ।
प्रदेशमा गुड्ने बस, फोर्स गाडी र जीपले फरक–फरक भाडा लिने गरेका छन् । सर्वसाधारणले दोब्बर भाडा तिर्नु परेको छ । सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा पनि मनोमानी रुपमा भाडा असुली हुने गरेको छ ।
दुरी अनुसार भाडा दर कायम नहुँदा ग्रामिण क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणहरु मर्कामा पर्ने गरेका छन् ।