हुरेक नेपालको नवौं वार्षिक साधारण सभा सम्पन्न

सुर्खेत, २९ कात्तिक (जागरण) । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल सुर्खेतको नवौं साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा आगामी आर्थिक वर्षको लागि सोह्र लाख रुपैयाँ बरावरको आय व्याय प्रस्ताव प्रस्तुत गरिएको छ ।
संस्थाले मानवअधिकार, वातावरण संरक्षण र युवा सशक्तिकरणका क्षेत्रमा पैरवी र वकालत गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथी तथा कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले संस्थाहरुले राज्यको सहयोगीको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
हुरेक नेपालले मानवअधिकार र शुसासनका क्षेत्रमा थप काम अगाडी बढाउनु पर्ने उहाँले बताउनुभयो ।
यस्तै आलोपालो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतकुमार विसीले संस्थाले परियोजना भन्दा पनि अभियान मुखी भएर गतिविधी संचालन गरेको बताउनुभयो ।
यस्तै सुरेश कुमार वलीले सामाजिक संस्थाले समाजमा रहेका कुरिती र कुसंस्कार विरुद्ध नागरिकहरुलाई सचेत गराएको बताउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ११ का अध्यक्ष नन्दलाल शर्माले संस्थाले संचालन गरेका गतिविधीले समुदायमा राम्रो प्रभाव पारिरहेको बताउनुभएको छ । साधारण सभा संस्थाका अध्यक्ष गणेशबहादुर वलीको अध्यक्षतामा भएको हो ।