मुगु, १ मंसिर (जागरण) । मुगुको छायाँनाथ रारा नगरपालिका आजदेखि मदिरा मुक्त क्षेत्र घोषणा हुँदैछ । गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यमा नगरलाई मदिरामुक्त घोषणा गर्न लागिएको हो ।
नेपालका २ सय ७६ वटा नगरपालिकामध्ये छायाँनाथ रारा नगरपालिका पहिलो मदिरा मुक्त नगरपालिकाको रुपमा चिनिने भएको छ ।
हिंसा र विकासको बाधक मदिरा आज देखि नगरबाट निषेधित हुने नगर प्रमुख हरिजंग शाहीले बताउनुभयो ।