नेता खुमबहादुर खड्काको शव १ बजे पार्टी कार्यालय लगिने

काठमाण्डौं, १८ चैत (जागरण) । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदैछ ।
उनको पार्थिव शरीर शनिबार राती भारतको दिल्लीबाट नेपाल ल्याइयो ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको शव काठमाडौं ल्याइएको हो ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउसो १ बजेदेखि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिने छ ।
१ बजे अघि निजी निवासमै श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
त्यसपछि ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आजै ११ बजे बस्दैछ ।
मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो ।