शिक्षकहरुको आन्दोलन किन र कुन हदसम्म ? (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, १ मंसिर (जागरण) । दिउँसोको समय । विद्यालयमा हुनुपर्ने शिक्षकहरुको एक हुल सुर्खेतको शिक्षा विकास तथा समन्वय इकाइमा पुग्यो । त्यही हुलमा हुनुहुन्थ्यो शिक्षाक टिकाराम सुवेदी पनि । आफूहरुले विगतदेखि नै गर्दै आएका मागलाई वास्ता नगरिएकाले आन्दोलनमा उत्रिएको उहाँको भनाई छ ।
अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्ने, अन्य निजामती कर्मचारी जस्तै सुबिधा पाउनुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनुपर्ने, राष्ट्रिय शिक्षा आयोगको गठन गर्र्नुपर्ने, विद्यालय तहको शिक्षालाई संघ स्थानिय र प्रदेश तहको साझा अधिकारको सुचीमा राख्नुपर्ने जस्ता माग आफुहरुको रहेको आन्दोलनमै सहभागि शिक्षक खगिसरा शाहीले बताउनुभयो ।
शिक्षकहरुको यो तेस्रो चरणको आन्दोलन हो । सरकारले माग पुरा गर्ने आश्वासन दिने गरेको भएपनि शिक्षकको आखाँमा छारो हाल्ने काम गर्दै आएको उनिहरुको गुनासो छ । सरकारले नै शिक्षकलाई दोस्रो नागरिकको दर्जाको संज्ञा दिएकाले पनि आन्दोलनमा उत्रिन बाध्य भएको उनिहरु बताउछन् ।
नेपाल राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा अहिले देशभर आन्दोलन चलिरहेको छ । अब पनि सरकारले आफ्ने उठाएका माग प्रति उदासिनता देखिएमा कडा आन्दोलनमा जाने बताउनुहु्न्छ शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापा ।
शिक्षकहरुले उस्तै परे विद्यालय समेत बन्द गर्न सकिने चेतावनी दिन्छन् । यस्तो चेतावनी शिक्षकहरुले आफ्ना लागि त दिए नै । तर समयमै यो समस्याको समाधान नहुने हो भने आन्दोलनको असर विद्यार्थीमा र विद्यार्थीमा परेको असर समग्र समाजलाई पर्ने निश्चित छ ।
सुन्नुहोस् अडियो रिपोर्टः