मदिरा निषेधित घोषणामा मुख्यमन्त्रीको भनाईः विकासको दायित्व जनताकै हातमा

मुगु, २ मंसिर (जागरण) । मुगुको छायाँनाथ रारा मदिरा निषेधित नगर घोषणा भएको छ । छायानाथ रारा नगरपालिकाको आयोजनामा हिजो जिल्लाको गमगढी मदिरा निषेधित नगर घोषणा कार्यक्रम भएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको दायित्व कर्णालीबासीकै हातमा रहेको बताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि अन्तराष्ट्रिय सीमा नाका संचालनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो ।