राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि खुसीको सीमा रहेन

डोल्पा, २ मंसिर (जागरण) । नेपाली सेनाको एक दशक लामो प्रयासपछी डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि स्थानिय नागरिक खुसी भएका छन् ।
देशभित्रै भए पनि टाढाको जस्तो मानिएको डोेल्पामा सडकक उद्घाटन हुँदा स्थानिय नागरिकमा नयाँ खालको आशा पलाएको थियोे ।
धेरै नागरिकहरुले अव डोेल्पाकोे उत्पादन अन्य ठाउँ र अत्यावश्यकिय अन्य सामग्री डोल्पा पुर्याउन निकै सहज हुने उनीहरुको भनाई छ ।
सडक नै आधारभूत विकास भएको भन्दै अव अन्य विकासका कामसमेत अघि बढ्ने आशा रहेको भनाई नागरिकको छ ।
जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी सम्मको १ सय ३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो ।
एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र सांसद कोषको खर्चमा यसअघि नै ट्र्याक खोलिएको थियो ।
छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबीच सिधा सम्पर्क जोड्न योगदान दिनेछ ।
जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणाअनुरुप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ ।
यसैबीच, डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सड्कमा जोडिनै लाग्दा तिब्बत सम्मको सड्कलाई पनि सरकारले प्राथमिकता दिएको छ ।
तिब्बतको नाका मरिम्ला र तिन्जे धो सड्क निर्माणको लागि संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले डोल्पा पुगेर निरिक्षण गर्नु भएको छ ।
मन्त्री महासेठ र सँस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढाले हेलिकोप्टरबाट मरिम्ला धो तिन्जे सड्कको निरिक्षण र अध्ययन गर्नुभएको छ ।